बाढी प्रभावित क्षेत्रमा सञ्चार गर्न स्याटलाइट फोन खोज्दै मन्त्री महावीर पुन, सहयोगका लागि अपिल
techpana.com · Fri Aug 28 08:19:35 GMT 2026

काठमाडौं । रसुवामा बाढीपछि उत्पन्न संकटपूर्ण अवस्थामा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले स्याटलाइट फोनको सहयोगका लागि सार्वजनिक आह्वान गरेका छन् । बाढी र पहिरोका कारण प्रभावित क्षेत्रमा नियमित सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मन्त्री पुनले यस्तो पहल गरेका हुन् ।
विकट क्षेत्रमा मोबाइल टावरहरूले काम नगर्दा उद्धार टोली र केन्द्रबिचको सम्पर्क टुटेको गुनासो आइरहँदा मन्त्री पुनले पर्वतारोहण, पदयात्रा, एक्सपिडिसन कम्पनीहरू तथा इन्टरनेट सेवा प्रदायकहरूसँग आफूसँग भएका स्याटलाइट फोन उपलब्ध गराई राज्यको विपद् व्यवस्थापन कार्यमा सहयोग गर्न अपिल गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)