मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपन्देहीबाट करिब १६ लाखको अवैध सामान बरामद

ratopati.com · Mon Apr 20 18:29:02 GMT 2026

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले दुई दिनमा करिब रु १६ लाख बराबरको अवैध सामान बरामद गरेको छ । वैशाख ६ र ७ गते जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छलेर चोरी पैठारी गरेको रु मूल्य १५ लाख ९० हजार १५५ बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सामान, सवारीसाधनलाई पशु क्वारेन्टाइन कार्यालय तथा मानिसलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)