चिलिमेमा पहिलो ब्लास्टिङ भयो, छिट्टै अरू ६ जनाको उद्धार गर्छौं -सांसद सागर ढकाल
kendrabindu.com · Mon Sep 07 11:04:04 GMT 2026

काठमाडौं । रसुवाको चिलिमेस्थित सुरुङमा फसेका नागरिकहरूको उद्धारका लागि प्रत्यक्ष उद्धारस्थलमै खटिएका रास्वपा सांसद सागर ढकालले थप ६ जनाको छिट्टै उद्धार हुने आशा व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत सांसद ढकालले सुरुङभित्रको अवस्थाअनुसार नयाँ प्रविधि र उपकरण प्रयोग गरी कार्य अगाडि बढाइएको जानकारी दिएका छन्। उनका अनुसार सोमबार ‘३ ए’ का सामानहरू पुर्याएर पहिलो ब्लास्टिङको काम सम्पन्न गरिएको छ। ‘३ ए’ टनेल उकालो भएकाले माटो हटाउन पानीको फोहरा प्रयोग गरिएको भए पनि चिलिमेको सुरुङ ओरालो परेकाले लेदो माटो निकाल्न फरक प्रविधिको मेसिन तयार पारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)