बागमतीमा भौतिक पूर्वाधार मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँ
ratopati.com · Mon Jun 15 11:54:16 GMT 2026

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार उक्त बजेटले प्रादेशिक सडक गुरु योजनाका सडकहरूका लागि ७ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।
विगतमा सुरु गरिएको पूर्वाधार विकासका कार्यलाई पुर गर्न आवश्यक रकम सहित स्रोत सुनिश्चितता गरिएको उनले बताए ।
काठमाडौँ उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्न सङ्घीय सरकारसँगको समन्वयमा मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने, भीमफेदी कुलेखानी सुरुङ मार्ग सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
बागमती प्रदेश