मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गण्डकीले ल्यायो ३३ अर्बको बजेट, पुँजीगत शीर्षकमा ६० प्रतिशत

ratopati.com · Mon Jun 15 11:52:02 GMT 2026

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जितबहादुर शेरचनले पुँजीगत तर्फ ६० प्रतिशतभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए । पुँजीगत तर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालू तर्फ १२ अर्ब ७२ करोड ३६ लाख ७८ हजार रुपैयाँ अर्थात् ३८।५६ प्रतिशत बजेट विनियोजन भएको हो ।

सरकारले प्रस्तुत गरेको बजेट चालू वर्षको भन्दा १ अर्बले बढी हो । चालू आर्थिक वर्षमा प्रदेश सरकारले ३१ अर्ब ९७ करोडको बजेट प्रस्तुत गरेर कार्यान्वयन गरिरहेको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड रुपैयाँ छुट्टाइएको छ । चालू खर्च गत वर्षभन्दा १ प्रतिशत घटाइएको सरकारले जनाएको छ । यो वर्ष सङ्घ सरकारले गरेकै अनुपातमा कर्मचारीको तलब वृद्धि हुने अर्थमन्त्री शेरचनले बताए । पूरा बजेटमध्ये सङ्घ सरकारबाट वित्तीय समानीकरण शीर्षकमा ७ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । राजस्व बाँडफाँडबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टी बाँडफाँड शीर्षकमा ५१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)