हो नि, राजा त फर्कनैपर्छ गाँठे !!
Ujyaaloonline.com · Sun Mar 09 22:58:26 GMT 2025

राजा र राजतन्त्रको झल्को दिने त गाउँशहर, टोलबस्तीतिर जति पनि छन् नि । तर टाउकोमा श्रीपेच नै भएका राजा भएको जस्तो मज्जा खै ! जे पनि बोल्न पाएर मुख सुकिसक्यो । जे पनि लेख्न पाएर हात दुखिसक्यो । कम्तीमा राजा भएको भए हात र मुखले त सुख पाउँथ्यो । हात र मुखले सुख पाउला भन्ने आशमा राजा फर्कने बाटो हेर्दाहेर्दै मुन्टो फर्काउन नमिल्ने भएर अररो भइसक्यो, राजा फर्कने छाँट नै देखाउँदैनन् ।
राजा यता फर्कनुको सट्टा कहिले उता फर्केर भाषण गर्छन्, कहिले भुइँतिर फर्केर विज्ञप्ति कोर्छन् । राजाले मुन्टो हल्लाउन र खुट्टो फर्काउन छाडेपछि देश बर्बाद भइसक्यो । पहिले चौतारी र दोबाटोमा भेटिने राजा अचेल कहिले डिस्कोमा भेटिन्छन्, कहिले अभिनन्दनमा मस्किन्छन् । तर जहाँ गए पनि र जसलाई भेटे पनि किन हो कुन्नि राजा नारायणहिटीतिर आँखा लाउँदैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)