स्थानीय जातको थारुआलु खेतीबाट राम्रो आम्दानी गर्दै कैलालीका किसान
deshsanchar.com · Sun Mar 09 23:02:04 GMT 2025

अत्तरिया (कैलाली)- यहाँका किसानले स्थानीय जातको थारुआलु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समयमा यहाँका सयौँ किसानले थारुआलुबाट राम्रो आम्दानी गर्न थालेका हुन् ।
धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले थारुआलु बिक्रीबाट यस वर्ष रु तीन लाख आम्दानी लिएको बताए। उनले यस वर्ष आठ कठ्ठामा आलु खेती गरेका थिए । ४० क्विन्टल आलु उत्पादन गरेका उनले भने “अझै २० क्विन्टल आलु बेच्न बाँकी छ । यस वर्ष आलु राम्रो फलेको थियो । समयमै आलु निकालेकाले मूल्य राम्रो पाइयो । प्रतिकिलो रु एक सय ५० मा बिक्री गरियो ।”
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)