मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वराजालाई प्रधानमन्त्री ओलीको प्रश्न: बचाउने भन्नुहुन्छ, देश के भएको छ र?

barnanmedia.com · Sun Mar 09 22:55:50 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आउन आग्रह गरेका छन् । आइतबार सुदूरपश्चिम प्रदेश सभामा बोल्दै उनले चुनावमार्फत् राजनीतिमा आउने बाटो खुला रहेको बताएएका हुन् ।

यस्तै फागुन ७ मा पूर्व राजाले आफूलाई साथ दिन भन्दै गरेको सम्बोधनले आफू छक्क परेकोसमेत टिप्पणी गरेका छन् । ‘फागुन ७ गतेको लागि पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो’, उनले भने, ‘उहाँले संविधानको कुरा गर्नुहुन्न, कानुनको पनि गर्नुहुन्न, लोकतन्त्र, प्रणाली र प्रक्रियाको पनि कुरा गर्नुहुन्न । मलाई साथ दिनुहोस् म आउँछु देश बचाउँछु भन्नुहुन्छ । देश के भएको छ ?’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)