मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा

ratopati.com · Mon Apr 20 19:20:31 GMT 2026

भोजपुर । भोजपुर गोल्डकपअन्तर्गतको सोमबार भएका दुई खेलमा एपिएफ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सेमिफाइनलको यात्रा तय गरेका छन् । आइतबारदेखि सुरु प्रतियोगितामा आधा खेल सञ्चालन भएपछि हुरीबतास र वर्षात्का कारण स्थगित भएको थियो ।

आइतबारको बाँकी खेलअन्तर्गत सोमबार भएको पहिलो खेलमा एपिएफले मोरङको एलएक्स सिटीलाई ३–२ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । एपिएफका तर्फबाट विकास तितुङ, मानबहादुर राना र हरि कार्कीले १–१ गोल गरेका थिए । त्यस्तै एलएक्स सिटीका लागि विशाल तामाङ र पुजन चौधरीले १–१ गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)