प्रदेश, जिल्ला र स्थानीय तहमा विपद्बारे काम गर्न सर्वदलीय संयन्त्र बनाउनेबारे छलफल चल्दै
onlinekhabar.com · Mon Sep 07 10:59:45 GMT 2026

२२ भदौ, काठमाडौं । प्रदेश, जिल्ला र स्थानीय तहमा विपद्बारे काम गर्न सर्वदलीय संयन्त्र बनाउन सकिने भएको छ । यसका लागि सबै राजनीतिक दलहरू तयार भएको र यसअनुसार सन्देश प्रवाह भइसकेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
‘सर्वदलीय संयन्त्र बनाउने विषयमा दुई चरणको छलफल भयो । दोस्रो चरणको छलफलपछि जिल्ला र स्थानीय तहमा विपद्बारे काम गर्न सर्वदलीय संयन्त्र बनाउन सकिने भएको छ । यसअनुसार काम अगाडि बढेको पनि छ,’ प्रवक्ता खरेलले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)