मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँ जिल्ला प्रशासनका केही सेवा एकीकृत सेवा कार्यालयको भवनबाट

ratopati.com · Mon Apr 20 19:34:27 GMT 2026

तनहुँ । जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि आफ्ना केही सेवा साबिक एकीकृत सेवा कार्यालयको भवनबाट प्रवाह गर्न सुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले प्रशासन शाखाअन्तर्गतका विभिन्न सिफारिस तथा प्रशासनिक कार्य, भण्डारण शाखा, लेखा शाखाका साथै सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षबाट प्रदान गरिने सेवाहरू एकीकृत सेवा कार्यालयको भवनबाट सञ्चालन हुने जानकारी दिए ।

यसअघि व्यास नगरपालिकाको स्वामित्वमा रहेको दमौली हल भवनबाट सञ्चालन हुँदै आएका सेवाहरू पनि सोमबारदेखि सोही नयाँ कार्यालयमा स्थानान्तरण गरिएको रेग्मीले बर्ताए । कठिन परिस्थितिमा जिल्ला प्रशासनका सेवा सञ्चालन गर्न सहयोग पुर्‍याएकामा व्यास नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्दै कार्यालयले एकीकृत सेवा कार्यालयको भवन प्रयोग गर्न दिने निर्णय गरेकामा गण्डकी प्रदेश सरकारप्रति विशेष आभार प्रकट गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)