गण्डकीमा कर्मचारीको तलब बढ्यो, विपद् व्यवस्थापन कोषमा १० करोड
ratopati.com · Mon Jun 15 11:59:54 GMT 2026

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा कर्मचारीको तलब भत्ता बढाउने भएको छ । आगामी वर्षको बजेट सार्वजनिक गर्दै कर्मचारीको सुविधा बढाउने घोषणा गरेको हो । नेपाल सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब भत्तामा गरेको वृद्धि बमोजिम गण्डकी प्रदेशमा कार्यरत कर्मचारीहरूको पनि तलब भत्ता वृद्धि गरिएको हो ।
यसैगरी, करार सेवामा कार्यरत कर्मचारीहरूको मनोबल उच्च बनाई कार्यदक्षता बढाउन आगामी साउन १ गतेदेखि लागू हुने गरी स्थायी सरहको महँगी भत्ता उपलब्ध गराइने बजेट वक्तव्यमा उल्लेख छ । कर्मचारीको सामाजिक सुरक्षा सुदृढ बनाउन योगदानमा आधारित निवृत्तिभरण कोषको व्यवस्था समेत गरिने अर्थ मन्त्री जितबहादुर शेरचनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)