कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड ५८ लाख
ratopati.com · Mon Jun 15 12:02:31 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले उक्त आकारको बजेट ल्याएका हुन् ।
जसमा चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगत तर्फ २० अर्ब ७५ करोड ९९ लाख र वित्तीय व्यवस्था तर्फ १५ करोड, वित्तीय हस्तान्तरण ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ रहेको छ । यो बजेट चालू आर्थिक वर्षको भन्दा १२।७४ प्रतिशतले बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
कोसी प्रदेश