परराष्ट्रमन्त्री खनाल र सीपीसी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता
shilapatra.com · Mon Jun 15 12:04:50 GMT 2026

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी), अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी)का प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गरेका छन् । सोमबार बेइजिङमा भएको भेटवार्तामा प्रमुख लिउले सीपीसीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्न चाहेको बताए ।
चीन-नेपाल सम्बन्धको विकासमा राजनीतिक दलहरूको योगदानबारे चर्चा गर्दै लिउले सीपीसीको अवधारणा र अनुभवहरू पनि सुनाए । जनताकेन्द्रित दर्शन र साहसिक आत्मसुधारको प्रतिबद्धतामा उनले अनुभव बाँडेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)