मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माइतीघरमा आफन्तको पीडा– अब त लास हुने बेला भइसक्यो

baahrakhari.com · Mon Sep 07 11:19:09 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको हिमबाढीले बगाएको जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीको उद्धार नभएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएका छन् । सोमबार (भदौ २२) काठमाडौंको माइतीघरमा भेला भएर उनीहरूले सम्पर्कविहीन आफन्तको खोजीको माग गरेका हुन् ।

जलविद्युत् आयोजनामा कार्यरत रही सम्पर्कविहीन भएका मध्येका एक हुन्, सप्तरीको सुरुंगा नगरपालिकाका साजन चौधरी । उनी माथिल्लो त्रिशूली–३ ‘बी’का क्यूए इन्जिनियर हुन् । उनको उद्धारको माग गर्दै साजनकी दिदी लिमा चौधरी काठमाडौं आइपुगेकी छन् । उनी प्रदर्शनमा सहभागी भइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)