मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार, सपनालाई प्रधानन्यायाधीश नबनाउने हो भने सबै न्यायाधीश हटाएर देखाऊ

barnanmedia.com · Mon Apr 20 21:27:41 GMT 2026

यतिखेर बालेन्द्र शाह नेतृत्वको शक्तिशाली रास्वपा सरकारलाई मुलुकको न्यायपालिका नेतृत्वविहीन हुँदा पनि कुनै चिन्ता छैन । कुनै हतार र व्यग्रता छैन । किनभने कुनै पनि राजनीतिक शक्ति सत्तामा गएपछि उसका निम्ति न्यायपालिका अपरिहार्य हुँदैन । बरु न्यायालयले कार्यपालिकाका निर्णयलाई कानुनको कसीमा राखेर न्यायिक पुनरवलोकन गर्छ । जवाफदेहिता र पारदर्शिता खोज्छ । कारण देखाऊ आदेश र अन्तरिम आदेश जारी गर्छ । परमादेश नै दिन्छ ।

सर्वोच्च अदालतमा अहिले भएका न्यायाधीशमध्ये सबैभन्दा योग्य सपना प्रधान मल्ल नै हुन् । उनी सबैभन्दा वरिष्ठ हुन् । उनको योग्यता र क्षमता सबैभन्दा अब्बल छ । नेपालको विधिशास्त्रको विकास र खासगरी लैंगिक न्यायमा उनी पायोनियर जुरिस्ट नै हुन् । अन्तर्राष्ट्रिय मञ्चमा उनको दर्बिलो उपस्थिति, प्रभाव र प्रस्तुति छ । नेपालका अहिलेसम्म कुनै पनि न्यायाधीशले पाउन नसकेको उच्चस्तरको पुरस्कार उनका नाममा दर्ज छ । उनीसँग संविधान बनाएको अनुभव छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)