कृष्णभिरमा सडक खुलाउन ९ वटा मेसिन परिचालन, कहिले खुल्छ ?
ratopati.com · Mon Sep 07 11:22:31 GMT 2026

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा खसेको पहिरो पन्छाउने र सडक मर्मत गर्ने कार्यलाई तीव्रता दिइएको छ । नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर सचेन्द्र मिश्रका अनुसार अहिले सो क्षेत्रमा ९ वटा ठुला मेसिनहरू प्रयोग गरेर काम भइरहेको छ ।
सडक मर्मतका लागि ६ वटा एक्स्काभेटर, एउटा बुल्डोजर, एउटा लोडर र एउटा जेसिबी परिचालन गरिएको छ । रातोपाटीसँगको कुराकानीमा इन्जिनियर मिश्रले सडकलाई पुरानै अवस्थामा फर्काउन र दिगो बनाउन डिजाइन अनुसारको काम भइरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)