डढेलो र अत्यधिक गर्मीले वायु प्रदूषणको जोखिम बढाउँदै
ratopati.com · Mon Sep 07 11:27:44 GMT 2026

काठमाडाैँ । विश्व मौसम संगठनले डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै गएको जनाएको छ । संगठनले सार्वजनिक गरेको वार्षिक ‘वायु गुणस्तर तथा जलवायु बुलेटिन’ मा वायु प्रदूषण र जलवायु परिवर्तनबिच गहिरो सम्बन्ध रहेको उल्लेख गरिएको छ।
जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी तथा डढेलोको आवृत्ति र तीव्रता बढ्दै जाँदा मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप खतरा उत्पन्न भएको छ। डढेलोबाट निस्कने धुवाँमा २.५ माइक्रोमिटरभन्दा साना सूक्ष्म कण हुन्छन्। यस्ता कण फोक्सोको गहिराइसम्म पुग्नुका साथै रक्तसञ्चार प्रणालीमा समेत प्रवेश गर्न सक्ने भएकाले स्वास्थ्यका लागि अत्यन्त जोखिमपूर्ण मानिन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)