मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तरकारीखेतीले फेरिँदै जीवनशैली

barnanmedia.com · Sat Nov 22 23:54:21 GMT 2025

बसाइँसराइले हरेक वर्ष गाउँका घर रित्तिँदै छन् । खेतीयोग्य जमिन वनमाराले ढाक्दैछ । गाउँमा बस्नेहरू कोही पनि खाली बस्दैनन् । उनीहरू बिहानदेखि साँझसम्म बारीमै काम गर्छन् । अशिकांश स्थानीयले बारीमा साग, मुला, बन्दा, गोलभेँडालगायत विभिन्न प्रजातिका तरकारी फलाउँछन् । कोहीले उत्पदान गर्छन् । यही बेचेरै आफ्नो परिवार चलाउँछन् । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ हो ।

विकासका हिसाबले लेखानी गाउँ सुगम नै मानिए पनि धेरैको रोजाइ सहरबजार र विदेश परेको छ । तर गाउँमा बस्नेलाई भने आफ्नै खेतबारी र खेतीपाती प्यारो छ । यस गाउँका झण्डै एक सय परिवार तरकारीखेतीमा आबद्ध छन् । बजार नजिक र तरकारीखेतीका लागि उपयुक्त वातावरण भएको हुँदा किसानको आकर्षण पनि उत्तिकै छ । धान, गहुँ, मकै र कोदो उत्पादन गर्न धेरै जनशक्ति चाहिने र खर्च पनि बढी हुनेहुँदा पछिल्लो समय अधिकांश स्थानीय तरकारीखेतीमा आबद्ध भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)