शिक्षकलाई अन्तरजिल्ला र स्थानीय तहमा सरुवा गरी पदपूर्ति नगर्ने विषय के हो ?
ratopati.com · Mon Jun 15 12:30:10 GMT 2026

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएका पदहरूमा जिल्लान्तर तथा अन्तर–स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरेको छ ।
केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाले सोमबार जारी गरेको सरुवासम्बन्धी परिपत्रअनुसार अबदेखि जिल्लान्तर तथा अन्तर–स्थानीय तह सरुवा गरी पदपूर्ति गर्न पाइने छैन । केन्द्रका प्रवक्ता महेन्द्र पराजुलीले खुद पुल दरबन्दी कायम भएका पालिकाहरूमा शिक्षक व्यवस्थापन गरेर मात्रै सरुवा गर्न सकिने भन्दै यसलाई स्पष्ट पारेका छन् । पराजुलीले भने, ‘दसौँ लटसम्म २८ जिल्लाका १०६ पालिकामा तीन हजार २७४ दरबन्दी कट्टा गर्नुपर्ने अवस्था थियो । कुनै पालिकामा खुद पुल दरबन्दी भएमा दरबन्दी मिलाएर मात्रै सरुवा गर्न निर्देशन दिएका छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)