राष्ट्र बैंकले सात अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै
baahrakhari.com · Mon Jun 15 12:31:13 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको कुल सात अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले सोमबार सूचना जारी गर्दै आगामी ३६६ दिनका लागि उक्त रकम लगानी गर्न प्रस्ताव आह्वान गरेको हो ।
राष्ट्र बैंकले कुल लगानी योग्य सात अर्ब रुपैयाँलाई तीन वर्गका वित्तीय संस्थाहरूमा मुद्दतीमा राख्न आग्रह गरेको छ । जसअन्तर्गत वाणिज्य बैंकहरूमा पाँच अर्ब ६० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा एक अर्ब पाँच करोड रुपैयाँ, राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा ३५ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । यस लगानीको अवधि २०२६ जुन १९ देखि २०२७ जुन १९ सम्म ३६६ रहने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)