भारतले ब्याजदर यथावत् राख्यो
gorkhapatraonline.com · Fri Jun 05 09:08:19 GMT 2026

मध्यपूर्वमा जारी द्वन्द्वका कारण मुद्रास्फीति र भारतीय रुपियाँमा थप दबाब पर्ने जोखिम देखिए पनि भारतको केन्द्रीय बैंकले शुक्रबार ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले छ सदस्यीय मौद्रिक नीति समितिको सर्वसम्मत निर्णयअनुसार बेन्चमार्क रेपो दर ५.२५ प्रतिशतमै कायम राखेको जनाएको छ । यो दर वाणिज्यिक बैंकले आरबीआईबाट ऋण लिँदा लागु हुने प्रमुख दर हो ।
पछिल्ला हप्तामा इन्डोनेसिया, श्रीलङ्का लगायतका उदीयमान तथा सीमावर्ती अर्थतन्त्रका केन्द्रीय बैंकले मुद्रालाई स्थिर बनाउन र मुद्रास्फीतिको दबाब नियन्त्रण गर्न ब्याजदर बढाएका छन् । तर भारतले भने स्थिर नीति अपनाउँदै वर्तमान अवस्थामा दर नबढाउने निर्णय गरेको हो । नयाँदिल्लीले इन्धन मूल्यवृद्धिको असर सीमित राख्ने प्रयास गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)