समाजसेवी र कलाकारलाई माईजोगमाई सेवा समाजको सम्मान
ratopati.com · Mon Jun 15 12:36:05 GMT 2026

काठमाडौँ । माईजोगमाई सेवा समाजले इलामको माईजोगमाई गाउँपालिका क्षेत्रभित्रका कला-संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले ‘रैथाने गाथा’ आयोजना गरेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रमको अवसर पारेर समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको समाजका अध्यक्ष महेश आचार्यले बताए ।
कार्यक्रममा स्थानीय संस्कृति झल्किने झाँकी प्रदर्शनी समेत गरिएको थियो । माईजोगमाईका कलाकारहरू फुटी शेर्पा, कृष्ण भट्टराई, कोमल निरौला लगायतले सांस्कृतिक प्रस्तुति दिए भने युद्धप्रसाद वैद्यले माईजोगमाईका इतिहासबारे जानकारी गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)