ओलीको दबाबबीच पनि बीएन्डसीलाई सम्बन्धन दिएनन् डा. गिरीले
nepalsamaya.com · Sun Jun 13 17:14:00 GMT 2021
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चर्को दबाब दिए पनि प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया तत्कालका लागि टरेको छ। आयोगका पदाधिकारीहरु प्रक्रियाबाहिर गएर बीएन्डसीलाई सम्बन्धन दिन नहुने अडानमा रहेपछि तत्कालका लागि प्रक्रिया रोकिएको उच्च स्रोतले नेपाल समय लाई जानकारी दियो।
ओलीले बीएन्डसीलाई सम्बन्धन नदिने हो भने चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलगायतलाई पदबाट हट्न चेतावनी दिएका थिए। चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष डा. गिरीसहितका पदाधिकारीलाई प्रधानमन्त्री निवास बालुवाटारमा डाकेर बीएन्डसीलाई सम्बन्धन नदिए राजीनामा दिन चेतावनी दिएकाे आयोगका एक पदाधिकारीले बताए। ती पदाधिकारीले भने, ‘प्रधानमन्त्री ओलीले उपाध्यक्ष गिरीलाई बालुवाटारमा बोलाउनुभयो। बीएन्डसीलाई सम्बन्धन दिने भए देऊ, नत्र राजीनामा गर भन्नुभयो। जुन निकै दुःखद् हो।’ ओलीले जस्तोसुकै दबाब दिए पनि बहुमतको निर्णय हुन्छ भन्नेमा आयोगका पदाधिकारी विश्वस्त छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)