असह्य हार
ekantipur.com · Fri Nov 11 01:19:45 GMT 2022
नयाँ दिल्ली — भारत ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि त्यो समर्थकका लागि असह्य बनेको छ । हारले पाकिस्तानविरुद्धको सम्भावित फाइनल सम्भावना सकियो । भारतको हारलाई सीएनएन न्युज १८ टीभी च्यानलले ‘लज्जास्पद’ भनेको छ र विश्वकप इतिहासमा यति धेरै एकपक्षीय खेल अहिलेसम्म नभएको जनाएको छ ।
क्रिकेट भारतमा सबैभन्दा लोकप्रिय खेल हो । कुनै समय बेलायतले भारतमा राज गरेको हुनाले इंग्ल्यान्डविरुद्धको खेल विशेष रहने गरेको छ । भारतीय राजनीतिज्ञ शशि थरुरले ट्वीट गरेका छन्, ‘मलाई भारतको हारमा आपत्ति छैन, किनभने हार र जित त खेलकै एक भाग हो । तर आज भारत जसरी हारेको छ, त्यसमा मलाई दुःख छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)