पूर्वमुख्यमन्त्रीले अवरोध गर्ने डरले कर्णाली प्रदेश सभा बन्धक !
ratopati.com · Mon Sep 07 11:56:16 GMT 2026

सुर्खेत । भदौ १६ गते पूर्वमुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेश सभा अवरुद्ध गरे । आफूले दर्ता गराएको गैरसरकारी विधेयक सदनमा टेबुल नगरिएपछि उनी सदनमा पलेँटी कसेर बसिदिए ।
सभामुख नन्दा गुरुङले सभा सञ्चालनमा सहयोग माग्दा शर्माले नमानेपछि १५ मिनेटका लागि बैठक स्थगित भयो । यद्यपि त्यसपछि अहिलेसम्म सभा बस्न सकेको छैन । सभा बस्दा शर्माले अवरोध गर्ने हुन् कि भन्ने सत्तापक्षको डरले सभा बन्धकजस्तै बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)