गण्डकी प्रदेशले ल्यायाे ३३ अर्बकाे बजेट, चालू खर्च घटाइयाे (पूर्णपाठ)
arthadabali.com · Mon Jun 15 12:40:44 GMT 2026

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले विकास निर्माणलाई प्राथमिकता दिँदै पुँजीगत खर्चमा ६० प्रतिशतभन्दा बढी बजेट विनियोजन गरिएको जानकारी दिए।
प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ अर्थात् करिब ६०.६८ प्रतिशत विनियोजन गरिएको छ। चालूतर्फ १२ अर्ब ७२ करोड ३६ लाख ७८ हजार रुपैयाँ अर्थात् ३८.५६ प्रतिशत बजेट छुट्याइएको छ। वित्तीय व्यवस्थापनका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)