मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इन्टरसँग नेपोलीको पहिलो हार

ekantipur.com · Thu Jan 05 00:53:03 GMT 2023

मिलान — एडिन जेकोको हेड गोलको मदतले इन्टर मिलानले इटालीको सिरी 'ए'मा बुधबार नेपोलीलाई १–० ले हराएको छ । लिग तालिकाको शीर्ष स्थानमा रहेको नेपोलीको यो सिजनकै पहिलो हार हो ।

खेलको ५६ औं मिनेटमा फेडरिको डिमार्कोको पासमा जेकोले शक्तिशाली हेड गर्दै गोल गरेका हुन् । यस नतिजासँगै सिरी 'ए'मा नेपोलीको ११ खेलको जित यात्रामा पनि पूर्णविराम लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)