प्रधानमन्त्रीको सम्बोधनले अर्थतन्त्रमा अलमल
karobardaily.com · Tue Jan 25 18:12:39 GMT 2022
अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक भएको समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने राष्ट्रको नाममा सम्बोधन गर्दै अर्थतन्त्रको बचाउ गरेका छन् । अर्थतन्त्रका केही सूचकमा बाह्य प्रभाव परे पनि सरकारले लिएका नीतिहरूले समाधान हुने उनले आफ्नो अभिव्यक्ति दिए । तर, अहिले राजस्वबाहेक अर्थतन्त्रका अन्य सूचकहरू सामान्यभन्दा केही फरक रहेका छन् । प्रधानमन्त्री देउवाले सरकारले आफ्नो अवधिमा बाटोघाटो र विद्युत् उत्पादनमा गरेको केही प्रगति देखाउँदै अर्थतन्त्रको यथार्थ अवस्थालाई अन्देखा गरेका छन् । पहिलो ६ महिनामा आर्थिक क्रियाकलापरूमा उल्लेख्य वृद्धि आएको बताइरहेका प्रधानमन्त्रीले ओमिक्रोनले अर्थतन्त्रमा पार्ने प्रभावबारे बोल्नसमेत भ्याएनन् । राष्ट्र प्रमुखले राष्ट्रको नाममा सम्बोधन गर्दा अर्थतन्त्रको यथार्थ चित्रण गरी यसरी जाँदै छाँै भन्नुपर्नेमा सबै ठीकै छ भन्ने हिसाबले आफ्नो अभिव्यक्ति दिएको पाइयो । यसै विषयमा अर्थशास्त्रीहरूसँग कारोबारकर्मी सुमित सुवेदी ले गरेको कुराकानीको सार ः
अर्थतन्त्र जोखिम मोडमा पुग्न लागेको छ
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)