उड्डयन क्षेत्रलाई सुरक्षित र दिगो बनाउन समझदारीपत्रमा हस्ताक्षर
rajdhanidaily.com · Mon Jun 15 13:07:34 GMT 2026

काठमाडौं । मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित, दिगो तथा चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यले वायुसेवा सञ्चालक सङ्घ, नेपाल र एरोनटिकल सोसाइटी अफ नेपालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
दुवै संस्थाले नेपालको उड्डयन क्षेत्रको समग्र विकास, क्षमता अभिवृद्धि, अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदानप्रदानमा सहकार्य गर्ने सहमति जनाएका छन् । वायुसेवा सञ्चालक सङ्घ उड्डयन उद्योगको प्रमुख प्रतिनिधिमूलक संस्था हो । यस्तै, एरोनटिकल सोसाइटी अफ नेपाल प्राविधिक ज्ञान, अनुसन्धान र व्यावसायिक विकासका क्षेत्रमा काम गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)