म्याद गुज्रिएको मैदा र मस्यौरा बेच्नेसहितका ५ कम्पनीलाई ७ लाख बढी जरिबाना
clickmandu.com · Mon Jun 15 13:06:51 GMT 2026

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा विभिन्न कैफियत फेला परेपछि ५ वटा व्यावसायिक फर्मलाई कुल ७ लाख १६ हजार रुपैयाँ जरिबाना गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लंघन गर्दै म्याद नाघेका वस्तु बिक्री गरेको, मूल्यसूची तथा लेबल नराखेको र खरिद बिल व्यवस्थित रूपमा नराखेको पाइएपछि विभागले अनुगमनस्थलमै नगद जरिबाना असुल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)