मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट

shilapatra.com · Mon Jun 15 13:05:13 GMT 2026

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३३ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेशसभामा बजेट सार्वजनिक गर्दै आगामी वर्षका लागि कुल ३२ अर्ब ९९ करोड ९९ लाख विनियोजन गरेको जानकारी दिए ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार अर्थात् कुल बजेटको ३८.५६ प्रतिशत र पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार अर्थात् ६०.६८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २५ करोड अर्थात् ०.७६ प्रतिशत बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)