प्यालेससँग बराबरीपछि लिभरपुल दबाबमा
ekantipur.com · Tue Aug 16 01:02:53 GMT 2022
लन्डन — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सोमबार क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेलेको छ । योर्गन क्लोपको लिभरपुलले नयाँ सिजनका सुरुआती दुवै खेलमा बराबरी खेलेपछि दबाबमा आएको छ ।
एनफिल्डमा भएको खेलमा पनि एकै अंकमा चित्त बुझाएपछि लिभरपुलको दुई खेलबाट दुई अंक भएको छ । उसका लागि एक गोलले पछाडि परेको स्थितिमा लुइस डियाजले ६१ औं मिनेटमा गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)