बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति
gorkhapatraonline.com · Mon Jun 15 13:19:15 GMT 2026

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३्–८४ को बजेट प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरीमा बसेको मन्त्रीपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको हो।
बैठकपछि सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेका प्रस्तावहरू मन्त्रीपरिषद्बाट स्वीकृत भएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले संवैधानिक व्यवस्थाअनुसार असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने छ। बजेट प्रस्तुत गर्नका लागि सोमवार बेलुका ५ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)