त्रिकोणात्मक टि ट्वान्टी सिरिज : नेदरल्याण्ड्स विरुद्ध नेपालको बदला, ६ विकेटको सहज जित
arthasansar.com
स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले नेदरल्याण्डलाई पराजित गरेको छ । सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले डच टोलिलाई ६ विकेटले पराजित गरेको हो ।
नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपाली टोलिले ४ विकेट गुमाएर १९ ओभर ४ बलमा भेटाएको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए । त्यस्तै आरिफ शेख ३९ रनमा रिटायर्ड हट भए भने भीम सार्कीले २७ रनको योगदान दिए । नेदरल्याण्ड्का लागि बेन फ्लेचर,आर्यन दत्त, जायर शेर क्याचेट र रोइलोफ भ्यान डर मर्वेले समान १ विकेट लिए । यो जितसँगै नेपालले पहिलो खेलमा सुपर ओभरमा व्यहोरेको हारको बदलासमेत लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)