मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण

ratopati.com · Fri Jun 26 19:00:22 GMT 2026

काठमाडौँ । विश्वकप समूह चरणको अन्तिम तथा निकै प्रतीक्षित खेलमा नर्वेका स्टार स्ट्राइकर एर्लिंग हालान्ड फ्रान्सविरुद्ध मैदानमा नउत्रने भएका छन् । अमेरिकाको बोस्टन स्टेडियममा हुने यो खेलमा हालान्डलाई सुरुआती ११ मा समावेश नगरी बेन्चमा राखिएको छ ।

नर्वेले यसअघिका दुवै खेलमा जित दर्ता गर्दै ुराउन्ड अफ ३२ु मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। समूहको शीर्ष टोलीको टुंगो लाग्ने यो खेलमा नर्वेका प्रशिक्षक स्टेले सोल्बाकेनले रणनीतिक रूपमा टोलीमा व्यापक परिवर्तन गरेका छन् । उनले फ्रान्सविरुद्धको खेलका लागि अघिल्लो खेलको तुलनामा १० जना खेलाडी परिवर्तन गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)