मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सात प्रतिशत बढेर आयो कर्णालीको बजेट

shilapatra.com · Mon Jun 15 13:28:00 GMT 2026

कर्णाली प्रदेश सरकारले नयाँ बजेट सार्वजनिक गरेको छ । सोमबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गरेका हुन् ।

उनले आगामी वर्षका लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् । यो चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)