मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुःख सुखमा साथ दिनेलाई रोज्नुहोस् : पोखरेल

ratopati.com

काठमाडौं २ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोखरेलले दुःख सुखमा साथ दिनेलाई उम्मेदवारलाई रोज्न मतदातालाई आग्रह गरेकी छिन् । उनले शंखरापुरमा आयोजित दीपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा मतदातासँग अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले पाँच वर्षमा गर्न नसकेका धेरै काम शंखरापुर नगरपालिकाले ६ महिनामा गरेर देखाएको बताइन् ।

‘राप्रपाले शंखरापुर नगरपालिका जित्दा त अघिल्ला प्रतिनिधिले पाँच वर्षमा गर्न नसकेका धेरै काम ६ महिनामा गरिसकेको छ भने अब प्रतिनिधि सभा र प्रदेश सभामा हामी पनि जितेर आयौं भने बल्ल यो ठाउँ बन्नेछ,’ पोखरेलले भनिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)