मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘जलवायु र युद्धले गम्भीर खाद्य सङ्कट निम्त्याउँदै, राष्ट्र सङ्घको चिन्ता’

barnanmedia.com · Mon Jul 28 21:48:47 GMT 2025

इथियोपियाको राजधानी आदिस अबाबामा सम्पन्न खाद्य प्रणालीसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले ‘भोकलाई कहिल्यै पनि युद्धको हतियारको रूपमा प्रयोग’ गर्नु नहुने स्पष्ट रूपमा उल्लेख गरेका छन् । अफ्रिका महादेशमा हाल करिब २८ करोड मानिसहरू भोक, कुपोषण र भोकमरीको गम्भीर जोखिममा छन् ।

गुटेरेसले भिडियो सन्देशमार्फत सम्मेलनमा सम्बोधन गर्दै भने, “भोकले अशान्ति फैलाउँछ र स्थायित्वमा बाधा पुर्‍याउँछ । त्यसैले हामीले भोकलाई कहिल्यै पनि द्वन्द्वको माध्यम बनाउने कुरा स्वीकार गर्नु हुँदैन ।” उनले जलवायु परिवर्तनका कारण बाली उत्पादनमा समस्या, आपूर्ति प्रणालीमा अवरोध, र मानवीय सहायता प्रभावित भएको कुरामा पनि चिन्ता व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)