मोदीमाथि दबाब हानिकारक : पुटिन
gorkhapatraonline.com · Fri Jun 05 09:15:20 GMT 2026

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई ‘महान देश’ भनेर प्रशंसा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतको स्वतन्त्र विदेश नीतिको खुलेर समर्थन गर्नुभएको छ । उहाँले संयुक्त राज्य अमेरिकाले रुससँगको सहकार्यका विषयमा भारतमाथि दबाब दिने प्रयासलाई कटाक्ष गर्दै यस्ता कदम अन्तर्राष्ट्रिय तथा द्विपक्षीय सम्बन्धका लागि हानिकारक हुने चेतावनी दिनुभएको छ ।
सेन्ट पिटर्सबर्ग इकोनोमिक फोरममा सञ्चारमाध्यमलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भारतले आफ्नो राष्ट्रिय हितअनुसार सबै देशसँग सम्बन्ध विस्तार गरिरहेकोमा रूस सन्तुष्ट रहेको बताउनुभयो । उहाँले भारतलाई ‘महान देश’ भन्दै यसको कूटनीतिक स्वतन्त्रतालाई स्वाभाविक प्रक्रिया भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “भारतले आवश्यक ठानेका देशसँग आफ्ना हितअनुसार अर्थतन्त्र विकास गर्नु स्वाभाविक हो ।” साथै उहाँले भारत विश्वका अग्रणी अर्थतन्त्रमध्ये एक भएको उल्लेख गर्दै उच्च आर्थिक वृद्धिदर प्रधानमन्त्री मोदी नेतृत्वको नीतिगत प्रयासको परिणाम भएको दाबी गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)