अरुण गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पतालबाट सेवा सुरु
ratopati.com · Mon Jul 28 22:01:00 GMT 2025

भोजपुर । यहाँको अरुण गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पतालबाट सेवा सुरु भएको छ । स्थानीयलाई सहज स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्थापित १५ श्ययाको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो ।
विसं २०७७ मा आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँचमा पुर्याउने उद्देश्यले तीन सय ९६ स्थानीय तहमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको यो पहिलो अस्पताल हो । सरकारले घोषणा गरेअनुसार करिब रु १६ करोड लागतमा चारतले भवन निर्माण सम्पन्न भएसँगै सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले बताए । पन्ध्र श्ययामा अस्पताल सञ्चालन गर्ने लक्ष्यका साथ नवनिर्मित भवनबाट सेवा सुरु गरिएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)