वैदेशिक रोजगारीका नाममा ठगी गर्ने रमिला अधिकारी पक्राउ
barnanmedia.com · Thu Jun 19 21:45:26 GMT 2025

विदेशमा रोजगारीको लोभ देखाएर ठगी गर्ने कार्यमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले रमिला अधिकारीलाई असार ३ गते काठमाडौं महानगरपालिका–४, चण्डोलबाट पक्राउ गरेको हो।
उनीमाथि निरज कुमार थारुले दिएको जाहेरीका आधारमा वैदेशिक रोजगार सम्बन्धी ठगी मुद्दा दर्ता भएको थियो। थारुले रमिला अधिकारीले “UK पठाइदिन्छु” भन्दै ठगी गरेको आरोप लगाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)