दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने ‘मिथेन’ ग्यास भएको पुष्टि
rajdhanidaily.com · Thu Jun 19 23:17:47 GMT 2025

सुर्खेत । पेट्रोलियम अन्वेषणबाट प्राप्त नमुना परीक्षणका क्रममा दैलेखमा ‘मिथेन’ ग्यास भएको पुष्टि भएको छ । चिनियाँ प्राविधिक टोलीले दैलेखको जलजले क्षेत्रमा मिथेन नामक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो ।
खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक एवं प्रवक्ता दिनेशकुमार नापितले प्रारम्भिक प्रतिवेदनमा १ सय १२ अर्ब घनमिटर ग्यास रहेको र सो ग्यास नेपाललाई ५० वर्ष पुग्ने उल्लेख भएको पुष्टि गरे । ‘पेट्रोलियम अन्वेषणसम्बन्धी नतिजा विश्लेषणसहितको अन्तिम प्रतिवेदन आउन अझ केही समय लाग्ने देखिएपछि हामीले चिनियाँ विज्ञ टोलीसँग प्रारम्भिक रिपोर्ट मागेका हौं,’ नापितले भने, ‘सो रिपोर्टमा दैलेखमा पर्याप्त मात्रमा प्राकृतिक ग्यास मिथेन रहेको पुष्टि हुनुले सरकारलाई यसपछिका आवश्यक तयारी गर्न बाटो खुल्यो ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)