सागर डिस्ट्रिलरीलाई साधारण शेयर बिक्रीको अनुमति
barnanmedia.com · Mon Jul 28 22:09:33 GMT 2025

काठमाडौँ, १३ साउनः उत्पादन तथा प्रशोधन समूहतर्फ सागर डिस्ट्रिलरी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्ष लागेसँगै बोर्डले पहिलो पटक सो कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको हो ।
बोर्डले सो कम्पनीलाई कूल रु १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बोर्डका अनुसार सो कम्पनीलाई सोमबार साधारण शेयर बिक्रीका लागि अनुमति दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)