मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुपरओभरमा ‘भारत ए’ को हारपछि वैभव सूर्यवंशीले श्रीलङ्काली खेलाडीलाई हात हाले

nepalpress.com · Mon Jun 15 13:58:07 GMT 2026

काठमाडौँ । भारत ए र श्रीलङ्का ‘ए’ बीच दाम्बुलास्थित भएको खेल सुपरओभरपछि विवाद उत्पन्न भएको छ । म्याच हारेपछि भारतका १५ वर्षिय ओपनर वैभव सूर्यवंशीले आक्रोशित भएर विपक्षी खेलाडीलाई हात हालेका छन् ।

निर्धारित ५० ओभरको खेलमा ‘भारत ए’ ले बनाएको २६५ रनको लक्ष्य ‘श्रीलङ्का ए’ ले अन्तिम ओभरमा बराबरी गरेपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा भारतका लागि वैभव सूर्यवंशी र सुर्यांश सेढगे ब्याटिङका लागि मैदानमा उत्रिए । अन्तिम तीन बल बाँकी रहँदा भारतलाई जीतका लागि १४ रन आवश्यक थियो । सूर्यवंशी स्ट्राइकमा थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)