मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपचुनावकाे तयारी पूरा, निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह

Ujyaaloonline.com · Fri Apr 26 23:25:00 UTC 2024

काठमाण्डाै – इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि शनिवार हुने उपचुनावको तयारी पूरा भएको छ ।

निर्वाचन आयोगले उपचुनावको तयारी पूरा भएको र मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन अपिल गरेको छ । बिहान ७ बजेदेखि शुरु हुने मतदान बेलुका ५ बजेसम्म चल्नेछ । आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न मतदातालाई आयोगले आग्रह गरेको छ । आयोगले कुनै पनि अवाञ्छित गतिविधिबाट मतदान प्रभावित हुन नदिनेतर्फ सचेत रहेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)