आगलागी र डढेलोका कारण २ हप्तामा १० जनाको ज्यान गयो, २२ करोड रुपैयाँभन्दा धेरैको क्षति
Ujyaaloonline.com · Fri Apr 26 23:24:39 UTC 2024

काठमाण्डाै – २०८१ साल शुरु भएपछि १३ दिनमै आगलागि र डढेलोका कारण १० जनाको ज्यान गएको छ । वैशाख महिना शुरु भएपछि प्रकोपकै रूपमा फैलिरहेको डढेलो र आगलागीले ठूलो जनधनको क्षति भएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार वैशाख १ गतेदेखि हिजो बिहीवार १३ गतेसम्ममा घर तथा संरचनामा भएको आगलागीमा परेर आठ जना र वन डढेलोमा परेर दुई जना गरी १० जनाको ज्यान गएको छ । यस्तै १३ दिनमा सात सय ३५ वटाभन्दा धेरै घरमा आगो लागिसकेको छ । आगलागीले घर संरचना, पशुचौपाया, अन्नपात, गरगहना, नगदलगायत जल्दा २२ करोड १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्राधिकरणको प्रारम्भिक अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)