मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

जसपा नेपालको केन्द्रीय आइटी सेलको प्रमुखमा चौरसिया

barnanmedia.com · Mon Jul 28 22:19:22 GMT 2025

काठमाडौँ, १३ साउनः जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय आइटी सेल गठन भएको छ । आइटी सेलको प्रमुखमा महेश चौरसिया चयन हुनुभएको छ ।

पार्टीको सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको सचिवमा पनि चौरसियालाई मनोनीत गरिएको छ । सोमबार पार्टी कार्यालय बालकुमारीमा जितेन्द्र यादवको अध्यक्षता तथा महासचिव लालबाबु राउतको उपस्थितिमा बसेको बैठकले पार्टीको केन्द्रीय आइटी सेलको गठन, त्यसको प्रमुख चयन र सचिवसहित सूचना तथा सञ्चार विभागलाई १८ सदस्यीय विस्तार गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)