सुरक्षा निकायसँग गृहमन्त्रीको ५ घन्टा लामो छलफल, निस्कँदा अनुहारमा मुस्कान
nepalpress.com · Tue Apr 21 17:26:30 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले सुरक्षा निकायका उच्च अधिकारीहरूसँग ५ घन्टा लामो छलफल गरेका छन् । छलफलपछि राति करिब ११ बजे गृह मन्त्रालयबाट बाहिरिँदा उनको अनुहारमा गहिरो मुस्कान थियो ।
मन्त्रालयबाहिर पर्खिरहेका सञ्चारकर्मीलाई उनले कुनै प्रतिक्रिया दिएनन् । पत्रकारले बैठकमा ‘के भयो’ भनी सोधेको प्रश्न छल्दै गुरूङले भने, ‘कति दुख पाउनुभएको तपाईँहरूले, खाना त खानुभयो नि ?’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)