रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता
khabarhub.com · Mon Sep 07 13:21:04 GMT 2026

मस्को- रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११ जनाको मृत्यु भएको छ। घटनामा छ जना बेपत्ता छन् भने थप छ जना घाइते भएका छन्।
रुसी विपत् व्यवस्थापन मन्त्रालयका अनुसार ३३ जना आरोही रहेको समूहलाई हिमपहिरोले बगाएको थियो। हिमपहिरोमा परी ११ जनाको मृत्यु भएको, छ जना घाइते भएको र अन्य छ जना बेपत्ता रहेको मन्त्रालयले सोमबार पुष्टि गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)